लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भोलिदेखि मौसममा सुधार हुने

tillotmacitynews - 2024 Feb 14 08:30 PM
IMG

तिलोत्तमा सिटी २०८० फागुन २ गते । पश्चिमी वायुको प्रभावले बुधबार देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार भोलि (बिहीबार)देखि मौसममा क्रमिक सुधार हुँदै जानेछ । अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशको आकाश खुलिसकेको उनले जानकारी दिए । 


उक्त मौसमी प्रणाली देशको पश्चिम भेगबाट क्रमशः पूर्वीभेगतिर सरिरहेकाले आज रातिसम्म मौसममा सुधार आउने मौसमविद् प्रधानाङ्गले जानकारी दिए । अहिले सङ्घीय राजधानी काठमाडौँसहित देशका अधिकांश भागमा मौसम बदली रहेको छ । उनका अनुसार मधेस प्रदेशका एक/दुई स्थान तथा काठमाडौँका केही स्थानमा छिटफुट वर्षा भएको छ ।


आज रातिको समयमा कोशी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ । अहिले काठमाडौँको अधिकतम तापक्रम १६ डिग्री सेल्सियस रहेको छ ।

कमेन्ट गर्नुहोस्