लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मणिमुकुन्द राष्ट्रिय भलिबल प्रतियोगिता : सेमिफाईलमा तीन विभागीय सहित गण्डकी भिड्दै

IMG

तिलोत्तमा सिटी २०८० फागुन १ गते । रुपन्देहीको  तिलोत्तमामा जारी   नवौं मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल  प्रतियोगितामा बिभागीय टिमको दबदबा कायमै रहेको छ । बिभागीय टिम नेपाल पुलिस, एपिएफ, त्रिभुवन आर्मी र गण्डकी प्रदेश खेलको सेमिफाईनल पुगेपछी  फाईनल रोचक हुने देखीएको छ । मंगलबार भएको प्रतियोगितामा नेपाल पुलिस क्लब र कोशी प्रदेश बिच भएको खेलमा नेपाल पुलिस क्लबले सोझो सेटमा कोशीलाई हराउन सफल भएको छ । प्रहरीले २५–१७,२५–१३,२५–१५ मा कोशीलाई रोक्दै नेपाल पुलिस क्लब बिजयी भएको हो । खेलमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै नेपाल पुलिस क्लबका खेलाडी पहल गहतराजलाई खेलको म्यान अफ द म्याच  हुन सफल भएका छन  ।


उनलाई नगद सहित सम्मान गरिएको हो ।  बिजयी  सँगै नेपाल  पुलिस क्लब  उपाधिको दाबेदार  देखीएको छ  ।   दोस्रो खेल बाग्मती प्रदेश एपिएफ बिच भएको खेलमा एपिएफ क्लब बिजयी भएको हो । एपिएफले पहिलो सेट २५– १८ बनाएर पहिलो सेट हात पारेको  थियो तर  दोस्रो सेट भने बाग्मतीले एपिएफलाई  १८ मा रोक्दै २५  बनाएर पुनः खेल बराबरी बनाएको थियो ।  एक एक सेट बाढेको  प्रतियोगितामा  २ सेट भने  एपिएफले आफनो कोल्टामा पार्न सफल भएको छ । एपिएफले २५–१९, २५–१९,  मा रोक्दै सेमिफाईनल यात्रा तय गरेको हो । खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै एपिएफ क्लबका खेलाडी लोकेन्द्र गिरी म्यान अफ द म्याच  हुन सफल भएका छन । उनलाई नगद सहित सम्मान गरीएको हो ।


तेस्रो सेट त्रिभुवन आर्मी क्लब र सुदुरपश्चिम प्रदेश बिच भएको खेलमा सोझो सेटमा त्रिभुवन आर्मी क्लब बिजयी भएको छ । आर्मीले २५–१५,२५–१९,२५–१९, बनाएर जित हात पारेको हो । खेलमा उत्कृष्ट खेद प्रदर्शन गरेको भन्दै  त्रिभुवन आर्मीका  खेलाडी हरि अधिकारीलाई प्रतियोगितको म्यान अफद म्याच घोसित गरीएको थियो । उनलाई नगद सहित सम्मान गरीएको हो । चौंथो खेल गण्डकी प्रदेश र लुम्बिनी प्रदेश बिच भएको खेलमा गण्डकी प्रदेश बिजयी भएको छ । गण्डकीले २५–१७, २५–१८, २५–२२, मा लुम्बिनीलाई रोक्दै गण्डकी सेमिफाईनल पुगेको हो ।


प्रतियोगितामा उत्कुष्ट खेल प्रदर्शन गरेको  भन्दै गण्डकीका खेलाडी बिश्वास अधिकारी खेलको म्यान अफद म्याच हुन सफल भएका छन ।  उनलाई खेलकुद परिषद्का लुम्बिनीका सदस्य सचिव जयप्रकाश भटराईले नगद सहित सम्मान गरेका थिए । प्रतियोगितामा   प्रथम टिमले  नगद २ लाख १ रुपैँया सहित कप, मेडल, प्रमाणपत्र पाउने छन  । द्वितिय हुनेले १ लाख ५० हजार १ रुपैया  नगद कप मेडल प्रमाणपत्र हात पार्नेछन ।    तृतिय हुनेले नगद १ लाख १ रुपैया नगद सहित कप मेडल प्रमाणपत्र पाउने छन भने   सान्त्वना स्थान  हुनेले नगद ५० हजार १ रुपैया सहित कप मेडल प्रमाणपत्र पाउने खेल सँयोजक सुरेन्द्र गुरुङले बताए ।


प्रतियोगितामा  उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई विधागत रुपमा नगद  सहित मायाको चिनोले  सम्मान गर्ने आयोजक क्लब मणिमुकुन्द भलिबल क्लबका सल्लनहकार मिलन रानाले बताए । प्रतियोगिता माघ ३ गते सम्म सञ्चालन हुने छ ।  खेलको मुख्य प्रायोजक तिलोत्तमा नगरपालीकाले रहेको  छ ।  भने  प्रदेश खेलकुद परिषद लुम्बिनीको  खेल प्रर्वद्धक नेपाल भलिवल संघ रहेको छ ।  लुम्बिनी प्रदेश भलिबल संघ, जिल्ला भलिबलको विशेष सहयोगमा प्रतियोगीता  जारी रहेको छ ।

कमेन्ट गर्नुहोस्