लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पाल्पामा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु

tillotmacitynews - 2024 Feb 13 06:26 PM
IMG

तिलोत्तमा सिटी २०८० फागुन १ गते । पाल्पाको तिनाउ गाउँपालिका ६ चिदिसमा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ।  डुम्रेबाट तिनाउको चिदिसतर्फ जाँदै गरेको जिप दुर्घटना भएको तिनाउ गाउँपालिका ६ का वडाअध्यक्ष टोमबहादुर पुनले जानकारी दिनुभयो। दुर्घटनामा १० जना घाइते भएको उहाँको भनाइ छ। अहिले उद्धारको कार्य चलिरहेको छ। जीप दुर्घटनाको कारण खुल्न नसकेको  जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक हेरम्ब शर्माले बताउनुभयो। 


उहाँले भन्नुभयो, “जीप दुर्घटनामा आठ जनाको मृत्यु भएको छ। १० बढी घाइते छन् ।उद्धार कार्य जारी छ। उनीहरुलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिँदै छ।” दिउँसो ४ः४५ बजे जीप दुर्घटना भएको उहाँले बताउनुभयो।  

कमेन्ट गर्नुहोस्