लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

यातायात व्यवस्था विभागका महानिर्देशक रिजाललाई दुर्व्यवहार

tillotmacitynews - 2024 Feb 12 02:20 PM
IMG

तिलोत्तमा सिटी,२०८० माघ २९ गते । यातायात व्यवस्था विभाग मिनभवनका महानिर्देशक उद्धवप्रसाद रिजाललाई मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले दुर्व्यवहार गरेका छन् । क्रान्तिकारी कम्युनिष्ट पार्टीको युवा संगठनका कार्यकर्ताहरुले सोमबार कार्यालय परिसरमै महानिर्देशक रिजाललाई दुर्व्यवहार गरेका हुन् । नयाँबानेश्वर प्रहरीका अनुसार महानिर्देशक रिजालमाथि नीलो मसी प्रहार भएको थियो । उनीहरुले महानिर्देशकविरुद्ध नाराबाजी गर्दै भागेका थिए ।


नयाँबानेश्वर प्रहरीका डिएसपी शिवराज बुढाथोकीका अनुसार दुई जना युवा महानिर्देशक रिजाल पुग्नुभन्दा अगाडि नै कार्यालय परिसरभित्र पुगेका थिए । महानिर्देशक रिजाल गाडीबाट ओर्लिनासाथ उनीहरुले मसी प्रहार गरेका थिए । मसीका केही छिटा उनको कपडामा लागेको थियो । उनीहरु भागिसकेपछि मात्रै बानेश्वरको प्रहरी टोली यातायात व्यवस्था विभागमा पुगेको थियो । ‘हामीले ढिलो गरी खबर पायौं । त्यतिन्जेल मसी छ्याप्न खोज्नेहरु भागिसकेका थिए,’ डिएसपी रिजालले भने, ‘हामीले खोजीरहेका छौं ।’


क्रान्तिकारी युवा संगठनका संयोजक हरिश भट्टले नक्कली लाइसेन्स प्रकरणमा भएको घोटालालाई रोक्न आफूहरुले भनेको तर बेवास्ता गरेकाले सांकेतिक रुपमा विरोध जनाएको बताए ।

कमेन्ट गर्नुहोस्