लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

काठमाडौं महानगरपालिकाविरुद्ध व्यवसायीहरुको प्रदर्शन

tillotmacitynews - 2024 Feb 11 03:54 PM
IMG

तिलोत्तमा सिटी,२०८० माघ २८ गते । काठमाडौं महाानगरपालिका भित्रका फुटपाथ व्यवसायीहरुले महानगरविरुद्ध प्रदर्शन गरेका छन् । राष्ट्रिय स्वोरोजगार व्यवसायी संघ, नेपाल सडक व्यापार व्यवसायी संघ र फुटपाथ व्यापारीहरुले संयुक्त रूपमा आइतबार काठमाडौ महानगरपालिकाको कार्यालय घेराउ गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा फुटपाथ व्यवसायी भीमा खड्काले महानगरपालिकाले वार्ताको नाटक गर्दै वार्ता एकलौटी भंग गरेको आरोप लगाइन् ।


फुटपाथ व्यवसायीहरलाई बाच्न दिन आग्रह गर्दा महानगरले राति आएर आफ्ना सामानहरु लुटेर लगेको आरोप पनि उनले लगाइन् 

।  महानगरपालिकाले फुटपाथ व्यवसायीहरुका माग सम्बोधन गर्नुपर्ने प्रदर्शनका सहभागीहरुको माग छ । अर्का फुटपाथ व्यवसायी सुजन गिरीले स्वरोजगार व्यापारीहरुले गरिखान पाउनुपर्ने र उचित र वैकल्पिक ठाउँ दिनुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्