लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपालले क्यानडालाई हरायो, कीर्तिमानसहित तीन जना खेलाडीको अर्धशतक

IMG

तिलोत्तमा, माघ २७ गते २०८०।क्यानडासँगको दोस्रो एकदिवसीय क्रिकेट पनि नेपालले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा क्यानडाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले ४५ ओभर एक बलमा ६ विकेट गुमाएर भेटायो ।नेपालको जितमा कीर्तिमानसहित तीन जना खेलाडीले अर्धशतक प्रहार गरे । आजको खेलमा अनिल शाहले एकदिवसीय क्रिकेटमा नेपालका लागि सबैभन्दा छिटो अर्धशतक बनाएका हुन्  ।अनिलले १९ बलमै ५० रन बनाए । उनले  ७ चौका र ३ छक्का प्रहार गरे । बिसौँ बल खेल्दा भने आउट भए । यसअघि आसिफ शेखले गएको वर्ष पपुवा न्युगिनीसँगको खेलमा २१ बलमा अर्धशतक बनाउँदै रेकर्ड बनाएका थिए । त्यो रेकर्ड आज अनिलले तोडेका हुन् ।


यस्तै, कप्तान रोहित पौडेलले ८७ र देव खनालले ७६ रन बनाए ।  यस्तै, भीम सार्कीले २३, पवन सर्राफले १४ र  आशिफ शेखले १० रन बनाए। सोमपाल कामी र कुशल मल्ला समान९/९ रनमा नटआउट रहे । आजको जितसँगै तीन खेलको शृङ्खला नेपालले एक खेलअघि नै जितेको छ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८५ रन बनायो । उसका आरोन जोनसनले सर्वाधिक ६५ र नवनित धलिवालले ४६ रन बनाए । बलिङतर्फ नेपालका रोहित पौडेल र कुशल मल्लले २/२ तथा सोमपाल कामी, सूर्य तामाङ, पवन सर्राफ र आकाश चन्दले एक/एक विकेट लिए । आकाश चन्दले सिनियर टोलीमा आजै डेब्यु गरेका हुन् । 

कमेन्ट गर्नुहोस्