लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एउटै व्यक्ति व्यापारी र बैंक सञ्चालक हुँदा समस्या भयो : मुख्यमन्त्री चौधरी

tillotmacitynews - 2024 Feb 10 08:12 PM
IMG

तिलोत्तमा सिटी २०८० माघ २७ गते ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मुलुकको एउटै व्यक्ति व्यापार, उद्योग र  बैङ्क सञ्चालक हुँदा समस्या आएको बताएका छन् । उनले पछिल्लो समय ब्याजदर  वृद्धि भएको गुनासोप्रति  जवाफ दिँदै एउटै व्यक्ति  सबैतिर  हुँदा समस्या भएको बताए । उनले आर्थिक विकासका लागि नेता र उद्योगी सुध्रिनुपर्ने समेत बताए ।  नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशको छैटौँ प्रदेश सभाको  लमहीमा उद्घाटन गर्दै  मुख्यमन्त्री चौधरीले  एउटै व्यक्ति व्यापार, उद्योगी र  बैङ्क सञ्चालक पनि हुने अनि बैङ्कले ब्याजदर बढायो भनेर गुनासो गर्नु अलि नमिल्दो भएको टिप्पणी गरे । 


‘करबाट सरकार चल्छ, त्यसैले उद्योग विस्तार र प्रवर्द्धन गर्नका लागि पनि लुम्बिनी प्रदेश सरकार उद्योगीको साथमा छ’ उनले भने ।  उद्योगी र सरकारबिच व्यापक छलफल गरेर उद्योगका समस्या  समाधान गर्न आफूहरू तयार रहेको समेत उनले बताए। उनले स्थानीय उत्पादन वृद्धिलाई प्राथमिकता दिएर रोजगारी, उद्योग र उत्पादन बढाउने गरी  सरकार अगाडि बढेको बताए । मुख्यमन्त्री  चौधरीले घरेलु मदिरालाई ब्राण्डिङ्ग गरेर विश्वका देशमा निर्यात गर्ने र समुदायमा आर्थिक वृद्धि गर्ने योजना प्रदेश सरकारको रहेको स्पष्ट पारे ।


नेपालमा उत्पादन हुने महुवाको मदिरालाई विश्व बजारमा पुर्याउन  आफूले पहल गरिरहेको  बताउँदै  ‘थारुहरूले जिन्दगीभरि जाँड बनाए पनि अहिले कोरियाको  जाँड नेपालमा बिक्री  भइरहेको बताए । उनले त्यसलाई प्रतिस्थापन गर्नका लागि आफूहरूले पहल  गरिरहेको बताए । उनले नेपाली जाँड संसारभर बिक्री गर्न सक्ने सम्भावना रहेको समेत बताए । स्थानीय उत्पादन बढाउन नसक्दा सम्म मुलुक समृद्ध हुन नसक्ने मुख्यमन्त्री चौधरीले बताए । 

कमेन्ट गर्नुहोस्