लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सीके राउतले सुरु गरे दोस्रो गणतन्त्र अभियान

tillotmacitynews - 2024 Feb 10 08:10 PM
IMG

तिलोत्तमा सिटी २०८० माघ २७ गते । जनमत पार्टीका अध्यक्ष सीके राउतले दोस्रो गणतन्त्र आन्दोलनको अभियान सुरु गरेका छन् । यो अभियानलाई राउतले दोस्रो गणतन्त्र अभियानको तयारी भनेका छन् । ललितपुरको इमाडोल क्षेत्रमा प्रचार सामग्री बाँडेर राउतले अभियान सुरु गरेका छन् । ‘अहिलेकै प्रणालीले मुलुकलाई निकास दिन नसक्ने भएकाले दोस्रो गणतन्त्रका लागि आन्दोलन सुरु गरेका छौं । त्यसको तयारी अभियान आजबाट सुरु गरिएको हो’, पार्टी सचिव बीपी साहले भने ।


सामाजिक लोकतन्त्र र कल्याणकारी राज्य स्थापना गर्न राउतले ९ बुँदे कार्यक्रम अगाडि बढाएका छन् । उक्त ९ बुँदे प्रस्तावित कार्यक्रमलाई प्रचार सामग्री बनाएर बाँड्न सुरु गरिएको सचिव साहले बताए ।

कमेन्ट गर्नुहोस्