लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

छैठौं सन्जिवनी कपको उपाधि फर्साटिकरलाइ

tillotmacitynews - 2024 Feb 10 07:28 PM
IMG

तिलोत्तमा सिटी २०८० माघ २७ गते । तिलोत्तमा-१४ , बाग्धुरा, देवीनगरमा सन्जिवनी क्लवको आयोजनामा स्व. डिम बहादुर गुरुङ स्मृती छैठौं सन्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिताको आज अन्तिम दिनको खेल भएको थियो । जसअन्तर्गत आजको फाइनल खेल झरना स्पोस्ट क्लव,कुञ्जलापुर र फर्साटिकर युवा क्लव,फर्साटिकर  बिच भएको थियो । जसमा फर्साटिकरले झरनालाइ ० को विरुद्ध १ गोल गरी जित हासिल पार्न सफल भएको हो । फर्साटिकरको लागि टिकराज गुरुङले १ गोल गरेका हुन भने खेलको म्यान अफ द म्याच फर्साटिकरका  निखिल थापा हुन सफल भए । साथै प्रतियोगिताको उपविजेता झरना स्पोस्ट क्लब भयो । प्रतियोगिताको उतकृष्ट खेलाडिको रुपमा फर्साटिकरका मिलन क्षेत्रि भए ,उत्कृष्ट गोल रक्षक झरनाका कुशल विक , उच्च गोलकर्ता फर्साटिकरका आशिस राना भए ।  


प्रतियोगिताको समापन कार्यक्रमको अध्यक्षता आयोजक सन्जिवनी युवा क्लब, तिलोत्तमा–१४, देवीनगरका अध्यक्ष अर्जुन क्षेत्रीले गर्नुभएको थियो। प्रमुख अथिति तिलोत्तमा नगरपालिका नगर प्रमुख रामकृष्ण खाण,विशिस्ठ अतिथि प्रतियोगिताको मुख्य प्रायोजक श्रीमाया गुरुङ,तिलोत्तमा नगरपालिका वडा नम्बर १४ का अध्यक्ष अश्विन पौडेल , जिल्ला फुट्बल सघका अध्यक्ष लोक पुन लगायतको उपस्थिति रहेको थियो। समापन कार्यक्रममा बोल्दै प्रमुख अथिति तिलोत्तमा नगरपालिका नगर प्रमुख रामकृष्ण खाणले स्थानिय स्तरमा गरिएको यस्तो प्रतियोगिताले देशकै लागि राम्रो खेलाडी उत्पादन गर्न सक्ने बताए । उनले सामाजिक क्रियाकलापमा अग्रसर संजीवनी क्लबले गरेको समजपयोगी कार्यप्रति धन्यबाद समेत व्यक्त गरे । संजिवनीमा यसपटक स्थानीय फुटबलमा निरन्तर आफ्नो सहभागिता जनाउँदै आइरहेकी फुटबलप्रेमी तथा सामाजिक अभियन्ता श्रीमाया गुरुङ र उनको परिवारद्वारा स्व. पिता डिम बहादुर गुरुङ स्मृतिमा प्रतियोगिताको मुख्य प्रायोजन गरिएको थियो ।  


उक्त प्रतियोगितामा  विजेता फर्साटिकर युवा क्लवले उपाधिसहित नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ हात पार्यो भने उपविजेता  झरना स्पोस्ट क्लबले  ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल हात पारेको आर्थिक संयोजक इन्द्र छन्त्यालले बताए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको थियो । जिल्ला भित्रकै स्थानीय क्लबहरुलाई बढी भन्दा बढी सहभागिता गराउने उद्देश्यका साथ यसपटक प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता रहेको खेल संयोजक खिम थापाले बताए ।

कमेन्ट गर्नुहोस्