लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लोकसेवा आयोगको लिखित परीक्षा स्थगित

tillotmacitynews - 2024 Feb 09 11:45 AM
IMG

तिलोत्तमा सिटी,२०८० माघ २६ गते ।  लोकसेवा आयोगले लिखित परीक्षा तत्कालका लागि स्थगित गरेको छ । शुक्रवार गोरखापत्र दैनिकमा सूचना जारी गर्दै आयोगले प्रदेश लोकसेवा आयोग मधेस प्रदेश, जनकपुरधाम परीक्षा शाखाले लिखित परीक्षा स्थगन गरिएको जनाएको हो । 


सूचना नं. १६४– २०८०/८१ प्रकाशन मिति २०८०।१०।२५ यस आयोगको पूर्व प्रकाशित सूचना अनुसारको मिति २०८०।१०।२९ गते र सो पछिका सम्पूर्ण लिखित परीक्षाको कार्यक्रम प्राविधिक कारणले अर्को सूचना प्रकाशन नभए सम्मका लागि हाललाई स्थगन गरिएको जनाएको हो । आयोगको मिति २०८०।१०।२५ गतेको निर्णय गरी परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । 

कमेन्ट गर्नुहोस्