लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

छैठौं सन्जिवनी कपः भोलि अन्तिम खेल हुँदै

tillotmacitynews - 2024 Feb 09 09:21 PM
IMG

तिलोत्तमा सिटी २०८० माघ २६ गते । तिलोत्तमा-१४ , बाग्धुरा, देवीनगरमा सन्जिवनी क्लवको आयोजनामा स्व. डिम बहादुर गुरुङ स्मृती छैठौं सन्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिताको भोलि अन्तिम फाइनल खेल हुँदैछ । उक्त फाइनल खेल निकै उत्कृष्ट मानिएका दुइ टिम  झरना स्पोस्ट क्लव,कुञ्जलापुर र फर्साटिकर युवा क्लव,फर्साटिकर बिच हुनेछ ।


खेल तिलोत्तमा १४ बागधुरा, देवीनगर खेलमैदानमा हुँदै आएको छ।  यसपटक प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल हात पार्ने आर्थिक संयोजक इन्द्र छन्त्यालले बताए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको छन्त्यालले जानकारी दिए । जिल्ला भित्रकै स्थानीय क्लबहरुलाई बढी भन्दा बढी सहभागिता गराउने उद्देश्यका साथ यसपटक प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता रहेको खेल संयोजक खिम थापाले बताए ।

कमेन्ट गर्नुहोस्