
तिलोत्तमा सिटि २०८० माघ २१ गते । तिलोत्तमा-१४ , बाग्धुरा, देवीनगरमा सन्जिवनी क्लवको आयोजनामा स्व. डिम बहादुर गुरुङ स्मृती छैठौं सन्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिता सञ्चालन भइरहेको छ । जसअन्तर्गत आजको खेल नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपल र समपुर्ण युवा क्लब, सुपौलीबीच भएको थियो । त्यस खेलमा पुरा समयमा कुनै पनि टिमबाट गोल नभएकाले खेल पेनाल्टि स्ट्राइकमा गएको थियो उक्त सुटआउटमा समपुर्णले ५ गोल र नवयुवाले ३ गोल गरेकाले समपुर्णले जित हासिल गर्न सफल भयो । खेलको म्यान अफ द म्याच समपुर्णका टोप बहादुर राना भए । भोलि हुने खेल झरना इस्पोर्टस क्लव र आयोजक क्लव सञ्जिवनि युवा क्लव बिच हुनेछ ।
यसपटक प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल हात पार्ने आर्थिक संयोजक इन्द्र छन्त्यालले बताए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको छन्त्यालले जानकारी दिए । जिल्ला भित्रकै स्थानीय क्लबहरुलाई बढी भन्दा बढी सहभागिता गराउने उद्देश्यका साथ यसपटक प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता रहेको खेल संयोजक खिम थापाले बताए ।
कमेन्ट गर्नुहोस्