लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राष्ट्रिय युवा संघको विजयी शुरुवात, फ़ुटसलको पहिलो चरणको खेल सम्पन्न

IMG

तिलोत्तमा, माघ १९ गते २०८०। युवालाई खेलमार्फत अनुसासित, संगठित गर्ने उदेश्यका साथ राष्ट्रिय युवा संघ नेपाल रुपन्देही, प्रचार विभागको आयोजनामा खुला फुटसल प्रतियोगिता २०८० शुरु भएको छ । एक कार्यक्रमको नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले रेफ्रीलाई बल हस्तान्तरण गरि तिलोत्तमास्थित मोनालिसा फुटसल एरियामा उद्घाटन गरे ।कार्यक्रममा बोल्दै नेता पौडेलले सरकारको ज्याजती र बिकास बिरोधी नीतिको बिरुद्ध युवाहरु सडकबाट दवाव दिनुपर्ने बताएका छन् । गठवन्धन सरकार युवा र जनता आवश्यकता पुरा गर्नुको सट्टा बिकास बिरोधी गतिबिधि गरेको आरोप लगाउंदै उनले दैनिक रुपमा युवाहरु बिदेश पलायन हुने अबस्था रोक्न जरुरी रहेको बताए । ‘सरकारले स्वदेशमा रोजगारीका लागि आवश्यक पर्ने कुनै खालका योजना ल्याउन नसक्दा युवाहरु बिदेश पलायन हुने अबस्था आएको हो ।’– उनले भने । युवाहरु खेलकुंदसंगै उद्योग, व्याबसाय, रोजगारीका क्षेत्रमा सक्षम हुन जरुरी रहेको उनले बताए ।


कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज बुद्धि थापाले युवाहरु राजनीतिमा मात्र नभई खेलकुंदको क्षेत्रमा सक्षम हुनुपर्नेमा जोड दिए । सोही अबसरमा स्व. परमानन्द खरेलका छोरा किरण खरेलले खेलको माध्यमबाट युवा संघले बावाले समाजमा गरेको योगदानको जिविन्त बनाउने महत्वपूर्ण काम गरेको बताए ।तिलोत्तमा नगरपालिकास्थित मोनालिसा फुटसल एरिनामा भएको उद्घाटन खेलमा राष्ट्रिय युवा संघले खस्यौली एफसीलाई पराजित गरेको छ । संघले खस्यौलीलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।


प्रतियोगिताको प्रथम ४० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेतालाई नगद २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा विधागत रुपमा उत्कृष्ट खेलाडी नगद ३ हजार रुपैया, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपरलाई २५ सय रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक शंकर पाण्डेले बताए । दुई दिनम्म संचालन हुने प्रतियोगितामा २ लाख २८ हजार रुपैया खर्च हुने अनुमान आयोजकको छ । प्रतियोगितामा रुपन्देही सहित नवलपरासी, कपिलबस्तु र पाल्पाका गरि १८ टिम सहभागी रहेका छन ।

कमेन्ट गर्नुहोस्