लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको टिकुलिगढ माविका विद्यार्थीलाई सपना, संघर्ष र सफलता बिषयक अन्तरक्रिया

IMG

तिलोत्तमा सिटि २०८० माघ १९ गते । तिलोत्तमा १४ टिकुलिगढ माध्यमिक विधालयको आयोजनामा "सपना , संघर्ष र सफलता" शिर्षकमा विषयक अन्तक्रिया कार्यक्रम शुक्रवार  सम्मपन्न भएको छ । टिकुलिगढ मा वि का प्रधानाध्यापक शंकरदत्त उपाध्ययको अध्यक्षता र  तिलोत्तमा नगर पालिकाका प्रमुख प्रसाशकिय अधिकृत नारायण प्रसाद अर्यालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको हो ।  कक्षा ११ र १२ का विधार्थिहरुलाइ लोकसेवा तथा निजामति क्षे‍त्रसँग सम्बन्धित समग्र  जिज्ञासा तथा प्रश्नहरुको प्रसाशकिय प्रमुख नारायण अर्यालले उत्तर र आवश्यक मार्गदर्शन पनि प्रदान गर्नुभएको थियो । विधार्थिहरुले पनि आफुले जान्न चाहेका कुराहरु प्रसाशकिय प्रमुख समक्ष राखेका थिए ।  विधार्थिस्तरबाट नै उनिहरुका जिज्ञासा पुरा गर्न सके उनिहरुले स्पस्टका साथ आफुले सहि पेसा अंगाल्न सक्ने र लोकसेवा तथा निजामति क्षेत्रसँग सम्बन्धित परामर्श दिन सके विधार्थिलाइ सघाउ पुग्ने अपेक्षा आफुले राखेको साथै मेहेनत र स्पस्ट लक्ष्यका साथ कार्य गरेमा सफलता अवस्य मिल्ने पनि प्रसाशकिय प्रमुख नारायण अर्यालले बताउनु भयो । 


साथै विधालय व्यावस्थापन समितिका अध्यक्ष फुलपति कंडेलले यस्ता कार्यक्रमहरु निकै नै प्रभावकारी रहेको र यि कार्यक्रमको माध्यमबाट विधार्थिहरुलाइ लोकसेवा तथा निजामति क्षेत्रको बारेमा जानकारी हुने ,भविष्यमा लोकसेवा तथा निजामतिमा जान चाहने विधार्थिका लागि उत्प्रेरणा प्रदान गर्ने बताउनुभयो । कार्यक्रममा विधालय व्यावस्थापन समिति अध्यक्ष फुलपति कंडेल , विधालय  व्यावस्थापन समितिका पुर्व अध्यक्ष दिनेश अर्याल , टिकुलिगढ युवा कल्बका सदस्य दिपक श्रीस मगर , सह प्रधानाध्यापक जित कुमार के सि लगायत शिक्षक शिक्षिका विधार्थि लगातको उपस्थिति रहेको थियो । कार्यक्रम सहजिकरण तिलोत्तमा नगरपालिका कार्यपालिका सदस्य रवि सेन्चुरिले गर्नु भयको थियो।


कमेन्ट गर्नुहोस्