लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी प्रदेशकै शान तिलोत्तमामा :नवौं मणिमुकुन्द राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुँदै

IMG

तिलोत्तमा, माघ १९ गते २०८०। माघ २६ गते देखि फागुन २ गते सम्म रुपन्देहीको तिलोत्तमामा हुन लागेको राष्ट्रिय भलिबल प्रतियोगिताको तयारी पूरा छ ।तिलोत्तमा-२ योगिकुटी तिलोत्तमा क्याम्पस अगाडी मणिमुकुन्द भलिबल क्लवको खेल मैदानमा हुन लागेको नवौं मणिमुकुन्द राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको क्लवका अध्यक्ष लोकेन्द्र भण्डारीले पत्रकार सम्मेलन गरी जानाकारी दिए ।मञ्च निर्माण, टिकट काउन्टर, गेट निर्माण, शौचालय व्यवस्थापन, पार्किङ स्थलको व्यवस्थापनको काम अन्तिम चरणमा भएको उनले बताए ।करिव ५० लाख भन्दा बढि लागत अनुमान गरिएको प्रतियोगितामा ३ विभागीय र ७ प्रदेश गरी १० टिमको सहभागिता रहने अध्यक्ष भण्डारीले बताए । प्रतियोगिता राष्ट्रिय भलिबल संघको नियमानुसार सञ्चालन गरिने भएकाले सोही अनुशासर व्यवस्थापनमा लागिएको क्लबका वरिष्ठ उपाध्यक्ष किशन चन्दले जानकारी दिए ।


विगतभन्दा फरक र उत्कृष्ट खेलाडीहरु बीच प्रतिस्पर्धा हुने भएकाले यस पटक दर्शकको चाप पनि बढ्न सक्ने भएकाले सोही अनुसार व्यवस्थापनमा लागिएको उनले बताए ।लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगिताको उपाधिका लागि अन्तिम प्रतिस्पर्धा फागुन २ गते हुने छ । फागुन २ गतेसम्म ६ दिन सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद २ लाख १ रुपैयां, द्वितीयले १ लाख ५० हजार एक रुपैयां तथा तृतीय हुने समूहले १ लाख १ रुपैयाँ प्राप्त गर्ने छ ।यसैगरी अन्तिम चारमा पुग्ने समूहले समेत ५० हजार १ रुपैयां नगद राशी प्राप्त गर्ने प्रतियोगिताका संयोजक सुरेन्द्र गुरुङले जानकारी दिए । प्रत्येक खेलमा म्यान अफ द म्याचलाई नगद राशीले सम्मान गरिने तथा विधागततर्फ पनि पुरस्कारको व्यवस्था गरिएको छ ।


विधागततर्फ सर्वोत्कृष्ट खेलाडीलाई १० हजार नगद राशीले सम्मान गरिने छ भने उत्कृष्ट सेटर, ब्लकर, सर्भर, डिफेन्स, स्पाईकर, प्रशिक्षक र अनुशासित खेलाडीलाई जनही ५ हजार नगद राशीले सम्मान गरिने संयोजक गुरुङले जानकारी दिए । खेल अवधिभर कुल २४ खेल हुनेछन् । खेल अवलोकनका लागि मैदानमा ३ हजार क्षमताको प्याराफिट निर्माण गरिएको छ ।प्रतियोगितामा सहभागी सम्पूर्ण टिमका लागि आवास, यातायात तथा दैनिक भत्ताको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । खेलाडीहरुका लागि खेल अवधिभर १ लाख रुपैयाँसम्मको दुर्घटना स्वास्थ्य बीमाको समेत गरिएको छ ।पत्रकार सम्मेलनमा बोल्दै प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्राईले क्लवले आयोजना गरेको राष्ट्रिय प्रतियोगिता प्रदेशकै लागि गौरव भएको भन्दै परिषद्बाट सक्दो सहयोग हुने प्रतिबद्धता जनाए ।तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरीदेवी चौधरीले नगरपालिका भित्र हुन लागेको प्रतियोगिताको नयां सन्देश देशभर फैलने भन्दै खेल सञ्चालनका लागि पालिकाले सहयोग गर्ने बताईन ।

कमेन्ट गर्नुहोस्