
तिलोत्तमा सिटि २०८० माघ १८ गते । स्थानीय खेलाडी, स्थानीय फुटबललाई प्राथमिकतामा राख्दै हरेक वर्ष आयोजना हुँदै आएको सन्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिताको छैठौं संस्करणको आजको खेलमा आहाना फुटबल क्लब , बुटवल र फर्साटिकट क्लब ,फर्साटिकट बीच खेल भएको प्रतियोगितामा फर्साटिकटले आहानालाई १ का बिरुद्ध ४ गोल गर्दै बिजयी भएको हो । उक्त खेलमा पहिलो गोल आहानाले हानेको थियो भने त्यसपछि लगातार फर्साटिकले ४ गोल गरेको हो । साथै उक्त खेलको म्यान अफ द म्याच फर्साटिकटका आशिस राना भए ।
यसपटक प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल हात पार्ने आर्थिक संयोजक इन्द्र छन्त्यालले बताए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको छन्त्यालले जानकारी दिए । जिल्ला भित्रकै स्थानीय क्लबहरुलाई बढी भन्दा बढी सहभागिता गराउने उद्देश्यका साथ यसपटक प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता रहेको खेल संयोजक खिम थापाले बताए ।
कमेन्ट गर्नुहोस्