लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ओली समकालीन नेताहरूमा सर्वाधिक प्रतिभाशाली नेता : विद्या भण्डारी

IMG

तिलोत्तमा सिटि २०८० माघ १६ गते । पूर्वराष्ट्रपति विद्या भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समकालीन राजनीतिक नेताहरूमा सर्वाधिक प्रतिभाशाली नेताका रूपमा चित्रण गरेकी छन् । मंलबार ‘संसद्मा केपी ओली’ नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले अध्यक्ष ओलीबारे यस्तो बताएकी हुन् ।


‘यस पुस्तकका नायक श्री केपी शर्मा ओलीज्यू समकालीन राजनीतिक नेताहरूमा पृथक् पहिचान बनाउनुभएको नेता हुनुहुन्छ’, उनले भनिन्, ‘सर्वाधिक प्रतिभाशाली नेताको रूपमा उच्च स्थान प्राप्त गर्न सफल उहाँ नेकपा एमालेको अध्यक्ष र प्रधानमन्त्री समेत भइसक्नुभएको व्यक्तित्व हुनुहुन्छ ।’ साथै उनले अध्यक्ष ओली राजनीतिका साथै कला, साहित्य, संस्कृति एवं धर्म दर्शन र विज्ञान लगायतका विषमा समेत गहन ज्ञान भएको नेता भएको बताइन् ।


‘सघन अध्ययन र सङ्घर्षमय जीवनको लामो अनुभवले खारिनुभएका नेता ओली हाम्रा लागि सदैव प्रेरणा र ज्ञानको स्रोत हुनुहुन्छ । यसर्थ, श्री केपी शर्मा ओलीले संसद्मा गर्नुभएका भाषणहरू पनि राजनीतिक हिसाबले मात्रै नभएर बहुविधागत ज्ञानका दृष्टिकोणले समेत महत्त्वपूर्ण छन्’, भण्डारीले भनिन्, ‘र ती संकलनीय र संग्रहणीय पनि रहेका छन् । त्यसैले पनि यस पुस्तकको विशेष महत्त्व रहेको छ । निरङ्कुश तानाशाही शासन व्यवस्थाको अन्त्य, लोकतन्त्र र मानव अधिकारको स्थापना, जनताको पक्षमा राजनीति गर्ने सिलसिलामा उहाँले १४ वर्ष लामो कष्टपूर्ण जेल जीवन बिताउनु भएको छ ।’

कमेन्ट गर्नुहोस्