लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ईपीएस भाषा परीक्षाका लागि आवेदन दिएकाहरूको रजिस्ट्रेशन नम्बर परिवर्तन

tillotmacitynews - 2024 Jan 25 09:25 AM
IMG

तिलोत्तमा सिटि २०८० माघ ११ गते । काेरियन भाषा परीक्षाका लागि आवेदन दिएकाहरूकाे रजिस्ट्रेशन नम्बर परिवर्तन भएको छ । ईपीएस मार्फत उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिएकाहरूकाे यसअघि कायम भएको रजिस्ट्रेशन नम्बर परिवर्तन भएको हो ।  उत्पादनमूलक क्षेत्रका लागि पुस २ गतेदेखि ६ गतेसम्म र पुस १६ गतेदेखि २० गतेसम्म सन् २०२३ को कोरियन भाषा परीक्षाको आवेदन फाराम खुलेको थियो । त्यसका लागि १ लाख ६४ हजार भन्दा बढिले आवेदन दिएका थिए ।  


उनीहरूकाे पहिलेको रजिस्ट्रेशन नम्बर परिवर्तन भएर आएको ईपीएस कोरिया शाखाले जनाएको छ। परिवर्तित नयाँ रजिस्ट्रेशन नम्बर फाराम भर्दाको वेबसाइट https://eoers.epsnepal.gov.np मा पुनः लगइन गरेर प्रिन्ट गर्न सकिने शाखाले जनाएको छ। 

कमेन्ट गर्नुहोस्