
तिलोत्तमा सिटी, २०८० माघ १० गते । तिलोत्तमा नगरपालिकामा पाचौ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता आज समपन्न हुने छ । अहिले सम्म ५४ पदक मध्ये ४६ पदक टुङ्गो लागिसकेका छन भने बाँकि पदकहरु आजको खेल पश्चात टुङ्गो लाग्ने र खेल अनुशासित ढङ्गले नै भइरहेको नगरपालिका युवा, शिक्षा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिनुभयो ।
तिलोत्तमा–४, डिङ्गरनगर स्थित जनज्योती क्लबको खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा नगरभित्रका सामुदायिक र संस्थागत गरी ३८ विद्यालयहरुले प्रतिस्पर्धामा भाग लिएका छन । विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले रनिङ शिल्ड आयोजना गरिएको थियो ।
उक्त प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने विद्यालयलाई नगद रु ३० हजार, २० हजार र १० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्रले सम्मान गरिनेछ । प्रतियोगितामा छात्रा तथा छात्राहरुबीच भलिबल, कबड्डी, एल्लेटिक्स, कराँते र तेक्वान्दोतर्फ विभिन्न विभिन्न विधामा खेल सञ्चालन भैरहेका छन् । प्रतियोगितामा १४ सय विद्यार्थीको सहभागिता रहेको छ ।
कमेन्ट गर्नुहोस्