लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

वार्ड ६ मा जेष्ठ नागरीक लक्षित घरदैलो स्वास्थ्य परिक्षण कार्यक्रम सुरु

tillotmacitynews - 2024 Jan 22 08:28 PM
IMG

तिलोत्तमा सिटी, २०८० माघ ८ गते । तिलोत्तमा नगरपालिका वार्ड नं ६ ले ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई घरघरमा पुगेर निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गर्ने उदेश्यले अपाङ्गता भएका व्याक्तिका तथा जेष्ठ नागरीक घरदैलो कार्यक्रम सुभारम्भ गरेको छ । उक्त कार्यक्रम आन्नदवन स्वास्थ्य चैकीले संचालन तथा व्यावस्थापन गर्ने छ। यही माघ ८ गतेदेखि सञ्चालन गरेको अपाङ्गता भएका व्याक्तिका तथा जेष्ठ नागरीक घरदैलो कार्यक्रमबाट सात वडाका करीब ५०० ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिले सेवा पाउने आनन्दवन स्वास्थ्य चैकीले जनाएको छ । 


स्वास्थ्यकर्मीको टोलीसहित घरघरमा पुगेर स्वास्थ्यपरीक्षण तथा औषधि वितरण गरिने साथै  हरेक नागरिकको स्वास्थ्य उपचार नैसर्गिक अधिकार भएको र ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको जटिल रोगबाहेक समान्य परीक्षणको लागि स्वास्थ्य संस्थासम्म पुग्न समस्या हुने भएकाले वार्ड स्वास्थ्य कार्यक्रमअन्तर्गत घरघरमा सेवा प्रदान गरिने वार्ड अध्यक्ष गणेश पाठकले बताए ।


शिविरमा परीक्षण गराउँदा सामान्यबाहेक अन्य रोगको लक्ष्ण देखा परेमा स्वास्थ्य संस्थामा उपचारका लागि पठाइने छ । स्थानीय सरकार आएसँगै घरघरमा स्वास्थ्यसेवा पाएको भन्दै ज्येष्ठ नागरिकले खुशी व्यक्त गरेका छन् । विकास गर्दा आर्थिक र भौतिक विकास मात्र नभइ स्वास्थ्य क्षेत्रलाइ पनि प्राथमिकता दिनुपर्ने र नगरले स्वस्थ्य क्षेत्रमा पनि यस्तै कार्यक्रमहरु सञ्चालन गर्ने कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख रामकृष्ण खाणले बताउनुभ‍यो ।  


साथै स्वास्थ्य मानिसको पहिलो प्राथमिकता भएको र स्वस्थ्य जिवनयापन गर्नु सबै व्याक्तिको अधिकार रहेकाले यस्ता कार्यक्रमले  अपाङ्गता भएका व्याक्तिका तथा जेष्ठ नागरीकलाइ सहज पुर्याउने कार्यक्रमका विशिष्ट अतिथि नगर उपप्रमुख जागेश्वर देवि चौधरीले बताउनुभयो ।  


कमेन्ट गर्नुहोस्