लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलको सुजुकी मोटरपार्ट्स गोदाममा आगलागी

tillotmacitynews - 2024 Jan 22 07:28 PM
IMG

तिलोत्तमा सिटी, २०८० माघ ८ गते । बुटवलमा रहेको सुजुकीको मोटर पार्ट्रस गोदाममा सोमबार भिषण आगलागी भएको छ । बुटवल-९ कालिकानगरमा अवस्थित मुक्तिनाथ अटोमोटिभ ट्रेडर्स एण्ड कार पार्ट्सको गोदाममा आगलागी भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । 


गोदाममा दिउँसो करिब साढे १२ बजेदेखि लागेको आगो निभाउन बुटवल उपमहानगरपालिका, प्रहरी तालिम केन्द्र बुटवल, सैनामैना तथा सिद्धार्नगर नगरपालिकाको दमकल प्रयोग गरिएको प्रहरीले जनाएको छ । आगलागीबाट क्षतिको विवरण भने आइसकेको छैन । नेपाल प्रहरीसहित स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको पण्डितले बताए । विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएपनि घटना बारे थप अनुसन्धान जारी रहेको उनले बताए । पसलका सञ्चालक स्याम सापकोटाले २ करोड बढीको क्षति हुन सक्ने दाबी गरेका छन् ।

कमेन्ट गर्नुहोस्