लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राज्यको नीति र संविधान विपरीत सेनामा भर्ती हुनु गलत : प्रधानमन्त्री प्रचण्ड

tillotmacitynews - 2024 Jan 21 01:18 PM
IMG

तिलोत्तमा सिटी, २०८० माघ ७ गते ।  युक्रेन र रुसका सेनामा भर्ती भएर गएका नेपाली युवाहरू राज्यको नीति र संविधान विपरीत कार्य गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनुभएको छ ।  शिखर सम्मेलन सम्पन्न गरी उहाँ स्वदेश फिर्तीको क्रममा आइतबार विहान त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्नुहुँदै उहाँले जागिर खाने नाममा गैह्र जिम्मेवार भएर युवाहरूले जुनसुकै देशको सेनामा ज्यान फालेर भर्ती हुनु नहुने र अबका दिनमा युवाहरू स्वयं जिम्मेवार बन्न आग्रह समेत गर्नुभयो । 


युक्रेन र रुसको सेनामा भर्ती भई ज्यान गुमाएकाहरूका विषयमा सरकारले असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा गम्भीरताका साथ चासो चासो दिएको उहाँले बताउनुभयो । मृतक परिवारलाई क्षतिपूर्ति राहत र शव फिर्ता ल्याउने सम्बन्धमा समेत रुसका उपविदेश मन्त्री स्तरमै छलफल भएको उहाँले बताउनुभयो । 


परराष्ट्रबाट कूटनीतिक पहल भएको तर परिणाम आएन भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले ती देशहरूले गम्भीर भएर लिए पनि द्वन्द्वमा भएकाले समय दिन नसकेको हुनसक्ने बताउनुभयो । 

कमेन्ट गर्नुहोस्