लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

झुम्साखोलामा फलामे पुल भाँचिँदा २ कामदार घाइते

tillotmacitynews - 2024 Jan 20 07:52 PM
IMG

तिलोत्तमा सिटी, २०८० माघ ६ गते । झुम्साखोलामा खानेपानी पाइपका लागि निर्माण गरेको फलामे पुल भाँचिएर शनिबार दुई जना कामदार घाइते भएका छन् । फलामै फलामबाट बनेको पुलको तल्लो भागमा राखेको टेका हटाउन नटबोल्ट खोल्दै गर्दा पुल भाँचिएर तिनाउ गाउँपालिका–४, कोलडाँडाका ३९ वर्षीय रनबहादुर गाहा र रौतहटको चन्द्रनिगाहपुर बस्ने २२ वर्षको लक्षु माझी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


गाहाको दुबै खुट्टा भाँचिएको र माझीको खुट्टामा चोट पटक लागेकाले उपचारका लागि तत्काल लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देही पठाइएको दोभान प्रहरी चौकीका प्रमुख पृथ्वी काफ्लेले जानकारी दिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तिनाउ गाउँपालिका वडा नं. ३ र ४ को सीमानामा रहेको झुम्सा खोलामा झुम्सा खानेपानी आयोजनाले बुटवलमा पानी लैजान पाइप बिच्छाउने र अन्य स्ट्रक्चरको काम गरिरहेको छ । निर्माण व्यवसायीको काम र प्राविधिकको लापरवाहीले गर्दा फलामले बनेको पुल नै भाँचिएको स्थानीयले बताएका छन् ।


झुम्साखोलामा बाँध निर्माण, ट्रस्ट पुल निर्माण र पाइप बिछ्याउने काम पछिल्ला दिनमा भइरहेको छ ।

कमेन्ट गर्नुहोस्