लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

वडाध्यक्ष १५ लाख घुससहित पक्राउ

tillotmacitynews - 2024 Jan 18 08:46 PM
IMG

तिलोत्तमा सिटी, २०८० माघ ४ गते ।  बनेपा नगरपालिकाका एक वडाध्यक्ष १५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादे रहेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले बादेलाई बुधबार घुस रकमसहित पक्राउ गरेको हो।


अख्तियार प्रवक्ता नरहरि घिमिरेका अनुसार बादेलाई भक्तपुर ठिमी नगरपालिका-३ गठ्ठाघरबाट पक्राउ गरिएको हो। बादेले घर बाटो सिफारि गर्ने प्रयोजनको लागि घुस मागिरहेको सूचनाका आधारमा अख्तियारको टोली उनको खोजीमा पुगेको थियो। ‘उहाँलाई घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरिएको हो,’ प्रवक्ता घिमिरेले भने। बादेको साथबाट स्रोत नखुलेको रकम पनि बरामद भएको घिमिरेले जानकारी दिए।


बादेको साथबाट जापानिज येन १० हजार, अमेरिकी डलर एक सय, हुन्डाइको आई-१० कार बरामद भएको छ। कार चालक बदमबहादुर प्रधानसमेतलाई पक्राउ गरिएको घिमिरेले बताए। पक्राउ परेका घिमिरेलाई न्यायिक हिरासतमा राखेर अनुसन्धान थालिएको घिमिरेले बताए।

कमेन्ट गर्नुहोस्