लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पाकिस्तामा इरानी मिसाइल आक्रमणपछि दुई देशबीचको सम्बन्धमा दरार

IMG

तिलोत्तमा सिटी, २०८० माघ ३ गते । इरानले पाकिस्तानको बलुचिस्तानमा मिसाइल र ड्रोन हमला गरेपछि गरेपछि दुई देशबीचको सम्बन्धमा तनाव बढेको छ । चरमपन्थी संगठन जैश अल-अद्लको शिविर भन्दै इरानले पाकिस्तानी भूमिमा आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । इरानले गरेको आक्रमण परेर २ बालकको मृत्यु भएको पाकिस्तान सरकारले बताएको छ । इरानले आक्रमणलाई पाकिस्तानले आफ्नो संप्रभुताको उल्लंघन भन्दै यो आक्रमण अस्वीकार्य रहेको बताएको छ ।


‘बिना कारण हाम्रो हवाइ क्षेत्रको उल्लंघन गर्ने र हाम्रो देशमा हमला गर्ने कामको हामी निन्दा गर्छौं,’ पाकिस्तानले चेतावनी दिँदै इरानलाई भनेको छ,’यो पाकिस्तानी संप्रभुताको उल्लंघन हो र यसको परिणाम गम्भीर हुन सक्छ ।’ पाकिस्तानले हमलाको विरोधमा तेहरानमा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ र पाकिस्तानका लागि इरानी राजदूतदलाई पनि आउन नदिने बताएको छ ।


पाकिस्तानी विदेश मन्त्रालयले यसअघि नै तय भएका दुई देशबीचका उच्चस्तरीय भ्रमण पनि रद्द गरेको घोषणा गर्दै यसबारेमा इरानलाई जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्