
तिलोत्तमा,२०८० माघ २ गते ।तिलोत्तमा नगरपालिकाको व्यस्त चोक मणिग्राम ! बर्षमा करिव १५ देखि २० वटा दुर्घटना यहि स्थानमा हुन्छ। नजिकै आकाशेपुल पनि छ तर प्रयोग बिहिन। जाडो महिना अघि बाटोमा छर्री बिछ्याएर नया रंग रोगन गर्न लागेको सडक बिभागले अझै व्यस्त चोक मणिग्रामलाई खासै ध्यान दिएको पाइदैन। दिनमा करिव १० हजार मान्छे बाटो क्रस मात्रै गर्न मणिग्राम चोक अहिले झनै असुरक्षित बनेको छ। सडकमा ट्राफिक छ , ट्राफिक बिट छ , आकाशेपुल छ , ट्राफिक लाइट छ तर नियम पालना कसैको छैन। सबै मुख दर्शक बनेर आफ्नो ज्ञान चोक चोकमा बाडिरहेका छन्।
प्रहरीले सामाजिक सञ्जाल र सडकमा बोर्डहरू टाँगेर ट्राफिक नियमको पालना गरौ भन्दै सुचना दिँदै आएको छ। तर, सूचनामा उल्लेख भएअनुसार बाटो काट्न सडकमा जेब्रा क्रसिङ खोइ त? ट्राफिक प्रहरीको सूचना पढ्दा यस्तो लाग्छ, हाम्रा अभिभावकले जानी-जानी आफ्ना बालबालिकालाई जेब्रा क्रसिङबाट बाटो काट्न नसिकाएका हुन्। तर, सहरको परिस्थिति भिन्न छ। तिलोत्तमाको योगिकुटी देखि कोटिहवा क्षेत्र सम्म केहि स्थानमा जेब्रा क्रसिंग होलान तर प्रमुख चोकमा समयमै तेस्तो पेण्टिङ्ग भएको देखिदैन। यहाँ जेब्रा क्रसिङ देख्नै मुश्किल छ। मुख्य सडकमा पनि रङ खुइलिएर खुट्टयाउन गाह्रो पर्छ। सबभन्दा हेलचेक्र्याइँ त, हामीकहाँ जेब्रा क्रसिङमा लगाइने रङ एकाध महिना पनि टिक्दैन। चर्को घाम र बर्खा दुवै अवस्थामा ती खुइलिएर सफाचट भइहाल्छन्। फलस्वरूप फराकिलो बाटोमा हुत्तिँदै आएका गाडीको ताँतीबीच यात्रुहरू जथाभाबी बाटो काट्दै मृत्युसँग लड्न बाध्य छन्।
‘सडकमा हुने ४० प्रतिशत दुर्घटना जेब्रा क्रसिङ अभावले हुन्छ,‘जेब्रा क्रसिङ नहुँदा मानिस लापरबाहीसँग बाटो काट्छन्। हुइँकिएर आएका गाडीलाई पनि कहाँ स्पिड कम गर्ने भनेर अलमल हुन्छ। यसले दुर्घटना सम्भावना बढ्छ।’ जेब्रा क्रसिङ भएको बाटोमा हिँड्दा केही हदसम्म सुरक्षित महशुस हुने भएकाले रङ खुइलिएका जेब्रा क्रसिङ तत्काल बनाउनु पर्ने देखिन्छ।
कमेन्ट गर्नुहोस्