लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

माल्टा पठाउँछु भनेर ठगेको आरोपमा युवती पक्राउ

tillotmacitynews - 2024 Jan 16 07:40 PM
IMG

तिलोत्तमा सिटी, २०८० माघ २ गते । माल्टा पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पा घर भएर काठमाडौँको स्वयम्भू बस्ने मायादेवी राना छिन् । ३० वर्षीया मायादेवीले माल्टा पठाउने सपना देखाएर ४३ लाख रुपैयाँ ठगेको आरोप छ । उनलाई स्वयम्भूबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसीले जानकारी दिए । 


पाल्पाको बग्नासकाली गाउँपालिका–१ घर भएकी मायादेवीले दीपक राज कँडेल समेतलाई माल्टामा १ लाख ५० हजार कमाई हुन्छ भनेर प्रतिव्यक्ति ८ लाख मागेकी थिइन् । ४३ लाख रुपैयाँ लिएपछि उनी सम्पर्कविहीन भएकी हुन् । आरोपीलाई कानुनी कारवाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ ।

कमेन्ट गर्नुहोस्