लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रत्येक वर्ष १५ हजारलाई रोजगारी दिनेगरी गौरवका योजनाहरु अघि सारेका छौँ : उपप्रमुख डंगोल

tillotmacitynews - 2024 Jan 16 07:37 PM
IMG

तिलोत्तमा सिटी, २०८० माघ २ गते । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले प्रत्येक वर्ष १५ हजार महानगरवासीलाई रोजगारी दिनेगरी १० वटा गौरवका योजनाहरु अघि सारिएको बताएकी छन् ।  मंगलबार काठमाडौंमा महानगर गौरव योजना “रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’कार्यक्रमको समुद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले महानगरवासीलाई स्वरोजगार बनाई आय वृद्धिका लागि महानगरले गौरवका योजनामार्फत सीप विकासको काम गर्न लागेको बताइन् । उनले १० वटा गौरवका योजनाहरुमा महत्त्वपूर्ण योजना रोजगारीसँग जोडिएको बताइन् । 


उपप्रमुख डंगोलले महानगरले हरेक वर्ष कम्तीमा १५ हजार महानगरवासीलाई दक्षजनशक्ति बनाएर रोजगारी दिने क्षमता राख्नुपर्ने लक्ष्य लिएर काम गरिरहेको उल्लेख गरिन् । उनले सीप र दक्षता भएकालाई रोजगार दिने र जनशक्ति उत्पादन बिचको खाडल पूर्ण महानगरले सीप विकास तालिम दिने बताइन् ।


उनले भनिन्,‘रोजगारी र आय वृद्धि काठमाडौँको समृद्धि नाराका साथमा कार्यक्रम अघि सारेका छौँ । यो कार्यक्रमको लागि १० करोड बजेट पनि छुट्याएका छौँ । कम्तीमा पनि १५ हजार जना महानगरवासीलाई रोजगारी दिनसक्ने क्षमता राख्नुपर्ने लक्ष्य लिएका छौँ । सीप र दक्षता भएकालाई रोजगार दिने र जनशक्ति उत्पादन बिचको खाडल पूर्ण केही पहलकदमी गनुपर्छ भनेर काठमाडौँ महानगरपालिकाले दक्ष कामदार उत्पादन गर्ने र रोजगारी दिनेहरुबिचमा पुलको काम गर्दैछौं ।’


उपप्रमुख डंगोलले तालिमको उद्देश्य रोजगारी, आय वृद्धि र क्षमता विकास गर्ने रहेको बताइन् । 

कमेन्ट गर्नुहोस्