लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राष्ट्रिय सभा उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने

tillotmacitynews - 2024 Jan 14 12:18 PM
IMG

तिलोत्तमा सिटी ,२०८० पुष २९ गते । राष्ट्रिय सभा सदस्यको उम्मेदवारले तीन लाख ५० हजारसम्म खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले आइतबार राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको चुनाव खर्चको समिा तोकेको हो । आयोगका अनुसार मतदान नामावली खरिद, सवारी साधान र इन्धन, प्रचार सामाग्री, गोष्ठी अन्तरक्रिया, प्रचार प्रसार कार्यालय सञ्चालन लगागत गरी कुल तीन लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न सकिनेछ । 


उम्मेदवारले बैंक तथा वित्तीय संस्थामा खाता खोलेर त्यसबाट खर्त गर्नुपर्नेछ । र, निर्वाचन सकिएको ३० दिनभित्र आयोगमा विवरण बुझाउन समेत निर्वाचन आयोगले उम्मेदवारहरुलाई आग्रह गरेका छ । राष्ट्रिय सभाका १९ सिटका लागि ११ माघमा निर्वाचन हुँदैछ ।

कमेन्ट गर्नुहोस्