
तिलोत्तमा,२०८० पौष २९ गते । न्यु राइज युथ क्लब तिलोत्तमा-१३ बभनीमा जारी न्यु राइज कप पुरुष फुटबल प्रतियोगिताको चौथो संस्करणको आज सम्पन्न २ खेलमा संजीवनी युवा क्लब देवीनगर र तिलोत्तमा -११ तिलोत्तमा बिजयी भएका छन । आज सम्पन्न पहिलो संजीवनी र बिजी ब्वाइज बिचको निर्धारित समयको खेलमा ओ का बिरुद्ध १ गोल गर्दै संजीवनी बिजयी भएको थियो। संजिवानिको तर्फबाट अमर थापाले खेलमा १ गोल गर्दै जितलाई पक्का गरे। राम्रो खेल प्रदर्शन गरेका अमर थापा खेलमा म्यान अफ द म्याच समेत घोषित भए।
त्यस्तै आज आयोजित दोस्रो खेलमा तिलोत्तमा-११ तिलोत्तमा र रेहरा एफ सी बिचको खेलमा १ का बिरुद्ध ७ गोल गर्दै तिलोत्तमा-११ क्वाटरफ़ाइनल प्रवेश गरेको छ। तिलोत्तमा-११ को तर्फबाट मयंक जुगजालीले ४ बलबहादुर मिथुन र अशोक सुनारले १/१ गोल गरे भने रेहराको तर्फबाट रोहन पौडेलले आत्मघाती १ गोल गरे। त्यस्तै रेहराको तर्फबाट रोहित कहार्ले मात्र १ गोल गरेका थिए।सहज जित पारेको तिलोत्तमा-११ले दोस्रो खेलको म्यान अफ द म्याच मयंक जुगजालीलाइ बनौन सफल भयो।
१६ टिम सहभागी भएको प्रतियोगिता माघ ६ गतेसम्म चल्ने क्लबका सचिव कृष्ण खनालले बताए। प्रतियोगिता तिलोत्तमा नगरपालिका वडा नम्बर १३ स्थित् बभनी भुतपुर्व सैनिक आधारभुत बिद्यालयको खेल मैदानमा भैरहेको छ। प्रतियोगितामा बिजेताले ७५ हजार पाउने छन् भने उपविजेताले ४४ हजार प्राप्त गर्ने छन्। विधागत रुपमा उत्कृस्ट खेलाडीलाई समेत नगद सहित ट्रफी प्रदान गरिने क्लबका अध्यक्ष बिष्णु पराजुलीले बताए। भोलि एकैदिन ३ खेल हुने आयोजकले बताएको छ। भोलीको पहिलो खेल अमुवा एफसी भर्सेस समपूर्ण एफसी, दोस्रो खेल आयोजक न्यु राइज युथ क्लब भर्सेस ह्वाइट लोटस नयाँ गाउँ र तेस्रो खेल चपरहट्टि एफसी भर्सेस द युनिटी खैरेनी बीच हुने सचिव कृष्ण खनालले बताए।
सो प्रतियोगिताको मुख्य प्रायोजकका स्व: रन बहादुर भण्डारीको स्मृतिमा श्रीमती चमेली भण्डारी, छोराबुहारी बिकास र अञ्जना छोरीहरु शिवकुमारी , कल्पना र फुलमाया रहेका छन् भने सह प्रायोजकका रुपमा भण्डारी ब्रदर्श रहेका छन्।
कमेन्ट गर्नुहोस्