
तिलोत्तमा,२०८० पौष २९ गते । रिभर साइड युथ क्लब तिलोत्तमा-६ को आयोजनामा गोरकट्टामा हुन गैरहेको सातौ रिभर साइड माघी मेला २०८० को तयारि पुरा भएको छ। मेलाको लागि थारु स्पेसल खाना स्टल झाँकीसहित नृत्य तथा सांगीतिक प्रस्तुति एबम स्टल र स्टेज समेत निर्माण भैसकेको क्लबका अध्यक्ष तथा महोत्सवका संयोजक दिवस थापाले बताए। मेलाको लागि दिनरात खटेर समाजको लागि भौतिक नैतिक तथा आर्थिक सहयोग गर्ने स्थानीय सबै सहयोगी एवं आमा समूह तथा जनप्रतिनिधिहरुमा धन्यवाद ज्ञापन गर्दै ‘सातौ रिभर साइड माघी मेला २०८० को अवसरमा क्लबले गर्न लागेको माघीको दिनका सबै कार्यक्रमहरुमा उल्लेख्य सहभागिता र सहयोग रहने अपेक्षा समेत गरे ।
क्लबले माघीको अवसर पारेर माघ १ गते थारु संस्कृती, थारु नाच, थारु परिकारहरुको प्रदर्शनी सहित बृहत सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । सातौ रिभर साइड माघी मेला २०८० नाम दिइएको सो मेलाको तयारी पूरा भएको आयोजक क्लबका अध्यक्ष तथा महोत्सवका संयोजक दिवस थापाले बताए । माघीको दिनलाई गोरकट्टा मैदान वरपर भव्य रुपले सजावट गरी मेलास्थलमा बिशेष बनाइने उनको भनाइ छ । सो दिनहरुमा ख्याति प्राप्त कलाकार लोक तथा दोहोरी गायक बद्री पंगेनी,लोक तथा दोहोरी गायक नारायण बिपी परियार लोक दोहोरी गायिका कोपिला न्यौपाने, ख्यातिप्राप्त डान्सरहरु प्रनिश थापा र आशिका थापासहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने क्लबले जनाएको छ । नि:शुल्क प्रवेश रहेको सो कार्यक्रममा सहभागी हुन क्लबले सबै समुदायलाई आग्रह समेत गरेको छ।
कमेन्ट गर्नुहोस्