लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा भन्सार छली ल्याइएको ३० लाख बराबरको कपडा बरामद

tillotmacitynews - 2024 Jan 14 09:10 PM
IMG

तिलोत्तमा सिटी ,२०८० पुष २९ गते । रुपन्देही प्रहरीले भन्सार छलेर ल्याइएको अवैध कपडासहित ट्रक बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका-८ स्थित सिटी अस्पताल चोकबाट उक्त सामान बरामद गरेको हो ।मकवानपुको थाहा नगरपालिका–४ का ४२ वर्षीय रामचन्द्र खत्रीले भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलेर चोरी पैठारी गरी ना ३ ख ५१८९ नम्बरको कन्टेनर (ट्रक) मा लोड गरी जान लागेको अवस्थामा सामान बरामद गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार कन्टेनरमा लोड गरी लैजान लागेको अवस्थामा थानको कपडा ५६० थान, लेडिज जुत्ता ३४० जोर, नेट कपडा १८९ थान दोसल्ला ४४२ पिस र साडी ६१२ पिस कन्टेनरसहित अन्दाजी ३० लाख ६२ हजार २ सय रुपैयाँ बराबरको सामान बरामद गरिएको छ । बरामद गरिएको कपडासहित ट्रक र मानिसलाई आवश्यक कारबाहीका भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको डीएसपी भट्टले जानकारी दिए ।


त्यस्तै प्रहरीले आइतबार ओमसतिया गाउँपालिका-४ स्थित बसन्तपुरबाट अवैध प्याज बरामद गरेको छ । भारतबाट नेपालतर्फ भन्सार छली लु ८ प ११३५ र युपी५५ जेड ९२८८ नम्बरको मोटरसाइकलमा ओसापसार गरेको अवस्थामा १३५ बोरा प्याज बरामद गरिएको प्रहरीले जनाएको छ । बेवारिसे अवस्थामा रहेको ४ लाख ५२ हजार ५ सय रुपैयाँ मूल्य बराबरको प्याज आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको डीएसपी भट्टले बताए ।

कमेन्ट गर्नुहोस्