
तिलोत्तमा सिटी ,२०८० पुष २९ गते । दुई किशोरीलाई ललाइफकाई भारत लैजाँदै गर्दा उद्धार गरिएको छ । साना हातहरु नेपालको सक्रियतामा प्रहरीले बाँके जानकी गाउँपालिकाकी १५ वर्षीया र बर्दिया बढैयाताल गाउँपालिकाकी १६ वर्षीया किशोरीहरुलाई आइतबार गुलरिया–११ गणेशपुर नाकाबाट उद्धार गरेको हो । उनीहरुलाई भारत पुर्याउन लागेको आरोप तीन जना पक्राउ परेका छन् । नेपाल-भारत सीमाको गणेशपुरबाट लौकाहीतर्फ शंकास्पद रुपमा मोटरसाइकल जाँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बाँके कोहलपुर–७ का २६ वर्षीय लालबहादुर पुन, बैजनाथका प्रेमबहादुर विक र जानकी–६ का अंकितकुमार लोनिया रहेका छन् ।
पक्राउ परेका तीनै जनाविरुद्ध मानव बेचबिखन मुद्दा दर्ता गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डीएसपी तिलकराम अर्यालले जनाए ।
कमेन्ट गर्नुहोस्