लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जनभावनामा जारी तिलोत्तमास्तरीय भलिबलमा आइतबार सेमीफाइनल र फाइनल खेल हुने

IMG

तिलोत्तमा,पुष २८ गते । रुपन्देहीको तिलोत्तमा—८ दिपनगरमा शुक्रबारदेखि शुरु भएको सामुदायिक विद्यालय शिक्षक कर्मचारी भलिबल प्रतियोगिताको सेमीफाइनल पुग्ने ४ वटा टोलीको टुगों लागेको छ् । शनिबार भएका पहिलो र दोस्रो चरणका खेलहरुबाट उत्कुष्ट प्रर्दशन गरेका ४ टोली बीच आइतबार सेमीफाइंनल खेल हुनेछ भने अन्तिम तथा फाईनल खेल समेत आइतबार नै खेलाइने छ ।


जसअन्र्तगत आइतबार शान्ति नमुना मावि मणिग्राम र आधारभुत विद्यालयहरुको टिम बीच पहिलो सेमीफाइनल खेल हुनेछ भने दोस्रो सेमीफाइनल खेल जनता मावि मोहनाजोत र जनज्योति मावि डिंगरनगर बीच हुने आयोजक विद्यालय जनभावना माविका प्रअ शम्भु प्रसाद पराजुलीले जानकारी दिनुभयो । राष्ट्रिय एकता दिवशको अवसर पारि शुक्रबारबाट शुरु प्रतियोगितामा प्रथम हुने टोलीले नगद पुरस्कार रु १७ हजार ७ सय ७७ रुपैया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुनेले नगर रु १३ हजार ३ सय ३३ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक जनभावना माविले जनाएको छ ।


त्यस्तै गरि सेमिफाइनल पुग्ने अन्य दुइ टोली मध्ये तेस्रो हुनेले ९ हजार ९ सय ९९ र चौथो हुनेले नगद रू ५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगितामा विधागततर्फ उत्कुष्ट खेल प्रर्दशन गर्ने शिक्षक कर्मचारीहरुलाई समेत पुरस्कारको ब्यवस्था गरिएको छ । प्रतियोगितामा १५ मा वि र आधारभूत विद्यालयहरुको एक संयुक्त टिम गरी जम्मा १६ समूहको सहभागिता रहेको छ ।

कमेन्ट गर्नुहोस्