लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सवारी चालक अनुमतिपत्र छपाइ ‍रोकिँदैनः मन्त्री ज्वाला

tillotmacitynews - 2024 Jan 13 08:01 PM
IMG

तिलोत्तमा सिटी ,२०८० पुष २८ गते । भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छपाइ नरोकिने बताएका छन् । ड्राइभिङ स्कुल सङ्घको पाचौं महाधिवेशनलाई सम्बोधन गर्दै उनले माघ १ गतेदेखि लाइसेन्स छपाइ सुरु हुने बताए। ‘आज मात्रै ६ लाख कार्ड ल्याइएको छ भने अन्य ६ लाख कार्ड ल्याउने तयारीमा छौं । लाइसेन्स छपाइ र वितरण नरोकिने गरी काम अघि बढाउँछौँ,’ उनले भने।माघ १ गतेदेखि १३ लाख कार्ड छपाइमा जाने र त्यसपछि समस्या हट्दै जाने उनले बताए।


बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले व्यवसायमार्फत राज्यमा ड्राइभिङ स्कुलहरूले रोजगारी सृजना गर्दै आएको बताए। ‘स्कुल सञ्चालनमा देखिएका समस्या समाधानका लागि तीनवटै तहका सरकारले नीति बनाएर सहयोग गर्नुपर्नेछ,’ उनले भने।

कमेन्ट गर्नुहोस्