लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दाङ बस दुर्घटना : मुख्यमन्त्री चौधरीद्वारा दु:ख व्यक्त

tillotmacitynews - 2024 Jan 13 07:45 PM
IMG

तिलोत्तमा सिटी ,२०८० पुष २८ गते । लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरीले गएराति दाङमा भएको बस दुर्घटनामा प्रति  दु:ख व्यक्त गरेका छन्। भे.१ख.३९१२ यात्रुवाहक बस  दाङको भालुवाङमा पुलबाट नदीमा खसेर भएको दुर्घटनाले र त्यसले निम्त्याएको  जनधनको क्षतिले आफूलाई मर्माहत  बनाएको उनले बताए । 


आज बिहान एक विज्ञप्ति जारी गर्दै उनले  दुर्घटनामा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा गम्भीर बन्न  सम्बन्धित पक्षलाई आग्रह गरेको  छन्। उनले दुर्घटनामा परी ज्यान गुमाउनेहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन्।

कमेन्ट गर्नुहोस्