लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नवसोच एकता क्लबको खुल्ला भलिबलमा पहिलो चरणका खेल सम्पन्न

IMG

तिलोत्तमा,पौष २६ गते । तिलोत्तमा-१६ मा जारी प्रथम वडा कप माउण्ट एभरेस्ट खुल्ला भलिबल प्रतियोगिता २०८० मा पहिलो चरणका खेलहरु सम्पन्न भएका छन । राष्ट्रिय एकता दिवशको अवसर पारि आयोजित प्रतियोगितामा बिहिबार पहिलो चरण अन्र्तगतका ५ खेल सम्पन्न भएका हुन । जसमा लाफा युवा क्लवलाई २-० को सोझो सेटमा हराउदै झरना स्र्पोटस क्लव अघिल्लो चरणमा प्रवेश गरेको छ भने दोस्रो खेलमा मनकामना युवा क्लवले जिल्ला प्रहरी कार्यालय भैरहवा ‘ख’ लाई २-० सेटमा, त्यस्तैगरि भैरहवा युवा क्लवले नेपाल प्रहरी विशेष सुरक्षा गणलाई २-१ को सेटमा, हिउँचुली युवा क्लव बोहियाले तिलोत्तमा वडा न १६ लाई २-० को सोझो सेटमा साथै आजको अन्तिम खेलमा जिल्ला प्रहरी कार्यालय भैरहवा ‘क’ ले विहुली युवा क्लवलाई २-१ को सेटमा हराउदै दोस्रो चरणमा प्रवेश गरेका छन ।


सेमीफाईनल र फाईनलका खेलहरु भोली आयोजना हुने र भोली नै प्रतियोगिताको समापन गरिने क्लवका कोषाध्यक्ष पुरुषोत्तम सुवेदीले जानकारी दिनुभएको छ । नवसोच एकता क्लब तिलोत्तमा १६ को आयोजनामा बुधबारबाट शुरु प्रतियोगितामा रुपन्देही र नवलपरासीका नेपाल प्रहरीका विभागीय टोली सहित कुल १४ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टोलीले नगद पुरस्कार रु ३० हजार प्राप्त गर्नेछ भने दोस्रो हुनेले नगर रु १५ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक नवसोच एकता क्लवका अध्यक्ष मुक्ति बस्यालले जानकारी दिएका छन । त्यस्तै गरि सेमिफाइनल पुग्ने अन्य दुइ टोलीले समेत नगद रू ५÷५ हजार पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगितामा तिलोत्तमा वडा न १६, माउण्ट एभरेष्ट कत्था मिल्स प्रालि र अन्नपुर्ण एग्रो इण्डष्ट्रिज प्रालि को मुख्य प्रायोजन रहेको छ ।

 


कमेन्ट गर्नुहोस्