लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दलले गरे, जनताले झन् दु:ख पाए, अब पालो बदल्नेको : क्षेत्रिय संयोजक उम्मेदवार संजय ढकाल

IMG

तिलोत्तमा, पौष २५ गते २०८०। रुपन्देहीको तिलोत्तमा नगरपालिका ड्राइभरटोलमा रहेको आनन्दबन शंकरनगर  खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको ७ औ अधिबेशनको निर्वाचन नजिकिएसँगै यहाँ चुनावी सरगर्मी बढेको छ । आफ्नो चुनावी एजेन्डा लिएर पहिले दलले मिलेर गरे तर जनताले सधै दुख झेल्नुपरेको तितो यथार्थलाई मध्येनजर गर्दै स्वतन्त्र उम्मेदवार संजय ढकाल जनताको सेवकका रुपमा काम गर्ने भन्दै उम्मेदवारी दिएका छन्।  विभिन्न दलले विभिन्न चरणमा जनताको सेवा नगर्ने तर आफ्नो स्वार्थका लागि महिमा बोकेको संस्थालाई समेत बदनाम गराएको भन्दै जनताको सेवा र सहजताका लागि आफु क्षेत्र नम्बर ५ को क्षेत्रिय संयोजकको रुपमा उम्मेदवार बनेको बताएका छन्।उनि संगै सो उम्मेदवारीमा गणेश पुन र जगत पौडेलपनि चुनावी मैदानमा उत्रेका छन्।  


नेतृत्वमा ककस भैराखेको बेला यहि बैशाख २६ गते बिहान हुने निर्वाचनमा आफ्नो जित संगै उपभोक्ताको हितमा कार्य कुशलता पेश गर्ने अभिप्रायले क्षेत्र नम्बर ५ को तर्फबाट क्षेत्रिय संयोजक पदको स्वतन्त्र उम्मेदवार संजय ढकाल उम्मेदवार बन्नुभएको छ । आआफ्नो एजेण्डासहित चुनावी मैदानमा उत्रिनुभएको ढकालको एउटै भनाइ छ, ड्राइभरटोलमा रहेको आनन्दबन शंकरनगर खानेपानीलाई व्यवस्थित बनाउने र उपभोक्तालाई सहजता र सर्वसुलभ बनाउने ।


क्षेत्रिय संयोजकका प्रत्यासी ढकालले आफुले पदमा रहंदा सम्म कुनै भत्ता तथा आर्थिक लाभ नलिने समेत घोषणा गरेका छन्। जनताको लागि सामाजिक काम गर्न आउने हो मलाई सेवा सुबिधा चाहिदैन उनले अडिग लिएर भने। बिपन्न घर परिवारलाई निशुल्क धारा जडान तथा नयाँ धारा जडानमा ५० प्रतिशत शुल्क घटाउने, १५ युनिटसम्म खपत गर्ने उपभोक्तालाई न्युनतम शुल्क लिने बनाउन आफु निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएको ढकालले बताए। भ्रमण तथा अन्य कुरामा हुने फजुल खर्च घटाउने,प्रयोग हिन डिजिटल एप्स परिष्कृत गर्ने,जनगुनासो, रकमको सहज भुक्तानीलाई सुचना बोर्ड मार्फत सेवा दिने,आगलागी बाट हुने क्षति कम गर्न हरेक क्षेत्र तथा टोलमा फायर हाइड्रेण्ट स्थापना गर्ने,आगामी निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणाली शुरु गर्न बिधान संशोधनलाई यथाशिघ्र अगाडी बढाउने, आफ्नोक्षेत्र वरपरका व्यस्त चोक, सार्बजनिक ठाउ र सडकमा निःशुल्क धारा जडान गर्ने लगायतको कार्ययोजना रहेको स्वतन्त्र उम्मेदवार संजय ढकालले बताए । उनले भने, “म बोल्ने भन्दा पनि काम गरेर देखाउँछु ।”एउटा आर्मीको सुबेदारबाट रिटायर्ड भएको व्यक्ति हु, लोभ लालच त्यागेर अनुसासनमा रही जनताको सेवा गर्छु। "


त्यस्तै,उनले निशुल्क पाउनु पर्ने पानी उपभोक्ताको लागि एकनाश र धेरै महँगो भएको बताए । उनले लामो समयदेखि नियालिरहेको जनताको प्रत्यक्ष सहभागिता रहने सो संस्थामा उपभोक्ताको अपेक्षा अनुसार काम नभएको उल्लेख गरे। उम्मेदवार ढकालले सर्वसुलभ र गुणस्तर सेवा दिनका लागि आफुले सो पदमा उम्मेदवारी दिएको बताए।संस्थामा सुशासन कायम गर्दै स्वच्छ र सर्वसुलभ पानीको उपलब्ध गराउन उपभोक्ताको हित र संस्थाको समग्र विकासका लागि आफू चुनावी मैदानमा उत्रिएको र खानेपानीमा राजनीतिकरण नगरी अघि बढ्न खोजे पनि सम्भव नभएपछि चुवानी अभियानमा लागेको बताए । समग्रमा संस्थाबाट सेवा पुर्याइएको ठाउमा खानेपानीलाई सहज बाताबरणम उपभोक्ताको सहजताका लागि अघि बढ्न यस्तो अभियानमा आफू जुटेकोले जनताको सेवा गर्ने मौका दिन उपभोक्ताहरुमा क्षेत्रिय संयोजक नम्बर-५ का उम्मेदवार ढकालले आग्रह गरे। संस्थाको क्षेत्रिय संयोजकको निर्वाचन यहि पौष २६ गते बिहान हुने भएको छ । 


कमेन्ट गर्नुहोस्