लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दोस्रो सेभेन ए साइड नकआउट फुटबलमा अमुवा एफसी र न्यू सृजना एफसी विजयी

tillotmacitynews - 2024 Jan 08 10:33 PM
IMG

तिलोत्तमा सिटी,२०८० पुष २३ गते ।  तिलाेत्तमा-रूपन्देहीको तिलाेत्तमा नगरपालिका १४ मा जारी दाेस्राे सेभेन ए साइड नकअाउट फुटबल प्रतियोगिताअन्तर्गत साेमबार सेमि फाइनलका दुई खेल सम्पन्न भएका छन् ।  साेमबार आज सेमिफाइनलको पहिलो खेल पिपिसी भलवारी र अमवा एफ.सी अमवाबिच भएकाे छ । साे खेलमा अमुवा एफसी अमुवाले पिसिसि भलबारीलाई १ का विरूद्ध  ३ गाेल गरि विजयी भएकाे हाे । खेलमा अमुवा एफसीका जर्सी नम्बर १२ का खेलाडी अनुप थापा म्यान अफ द म्याच भएका छन् ।


साेमबारकै दाेस्राे खेल न्यु राइज एफ सी बभनी  र न्यु सृजना एफसी कराैजियाबिच भएकाे छ । साे खेलमा न्यू सृजना एफसी कराैजियाले न्यू राइज एफसी बभनीलाई ० का विरूद्ध २ गाेल गरि फाइनलमा प्रवेश गरेकाे छ । खेलमा न्यु सृजना एफसीका जर्सी नम्बर  ११ का खेलाडी  प्रवेश क्षेत्री म्यान अफ द म्याच भएका छन् ।


मंगलबार मैत्रीपूर्ण भेट्रान्स खेल हुने खेल संयाेजक विनाेद गुरूङले बताए । प्रतियोगिताकाे फाइनल खेल यही पाैष २५ गते हुनेछ । स्वर्गीय गंगा गुरूङकाे स्मृतिमा यही पाैष १२ गतेबाट सुरू भएकाे प्रतियोगिता नव टिकुलीगढ युवा क्लवकाे अायाेजनामा भएकाे हाे ।  प्रतियोगितामा प्रथम हुने समूहले रू ४४ हजार ४ सय ४४ ट्रफी र मेडल प्राप्त गर्ने छ भने दाेस्राे हुने समूहले रू २२ हजार २ सय २२ प्राप्त गर्ने छन् ।  प्रतियोगितामा सर्वाधिक गाेलकर्ता , विधागत उत्कृष्ट खेलाडी र उदीयमान खेलाडीलाई जनही रू २५०० प्रदान गरिने छ । २६ समूहले प्रतिष्पर्धा गर्ने प्रतियोगिता यही पाैष २५ गतेसम्म सञ्चालन हुने क्लवका सदस्य दिपक श्रीसले बताए ।

कमेन्ट गर्नुहोस्