लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

देवदहमा स्कुटर दुर्घटना हुँदा २२ वर्षीय युवाको मृत्यु

tillotmacitynews - 2024 Jan 07 11:49 AM
IMG

तिलोत्तमा सिटी,२०८० पुष २२ गते ।  रुपन्देहीको देवदहमा स्कुटर दुर्घटना हुँदा एक जना युवाको मृत्यु भएको छ । आइतबार विहान देवदहबाट बुटवलतर्फ आउँदै गरेको ६७  प ७००४ नम्बरको स्कुटर देवदह नगरपालिका ९ मा अन्यन्त्रित सडकबाट खसेको थियो ।  सो दुर्घटनामा परी देवदह नगरपालिका ८ का २२ वर्षीय निराजन श्रीसको मृत्यु भएको अस्थायी प्रहरी चौकी भलुहीका असई सूर्यबहादुर बयाम्बुले बताए । दुर्घटनामा परी गम्भीर घाइते भएका श्रीसको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको असई बयाम्बुले जानकारी दिए । 

कमेन्ट गर्नुहोस्