लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अनलाइनमार्फत ठगेको आरोपमा युवक पक्राउ

tillotmacitynews - 2024 Jan 07 02:00 PM
IMG

तिलोत्तमा सिटी,२०८० पुष २२ गते ।  अनलाइनमार्फत ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको जनकपुर उपमहानगरपालिका–१४ घर भएका भाग्य नारायण यादव छन् । जडिबुटी बस्दै आएका २१ वर्षीय यादवलाई काठमाडौँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) रविन्द्र रेग्मीले  बताए । पीडितको मोबाइलमा अननोन सोर्स भएको युआरएल लिंक म्यासेज पठाएर सो लिंकबाट बैंक खातामा पहुँच बनाएर यादवले ठगी गरेको आरोप छ ।


बैंक खातामा पहुँच बनाएर आरोपीले मौज्दात रकम अन्यत्र बैंक खाता तथा वालेटमा ट्रान्सफर गरेर ठग्ने गरेको एसपी रेग्मीले जानकारी दिए । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको छ ।

कमेन्ट गर्नुहोस्