लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राष्ट्रिय सभा निर्वाचन : गठबन्धनमा अझै टुङ्गिएन भागबन्डा

tillotmacitynews - 2024 Jan 06 08:31 PM
IMG

तिलोत्तमा सिटी,२०८० पुष २१ गते । राष्ट्रिय सभा निर्वाचनबारे छलफल गर्न गठबन्धन दलको बैठक बिना निष्कर्ष टुंगिएको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसको बैठकमा भागबन्डाबारे प्रारम्भिक छलफल भए पनि निष्कर्षमा भने नपुगेको हो । आजको बैठकले राष्ट्रिय सभामा कुन दलले कति सिट पाउने भन्ने टुङ्गो लगाउने बताइएको थियो । तर, बैठकमा राष्ट्रिय सभा निर्वाचनबारे सैद्धान्तिक विषयमा मात्र छलफल भएको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताइन् । उनले भनिन्, ‘प्रधानमन्त्रीज्यूले राष्ट्रिय सभा निर्वाचनमा सबैलाई समेटेर जाने सोच छ भन्नुभयो । तर, के कसरी समेट्ने भन्ने खाका प्रस्तुत भने भएन ।’


बैठकबाट साना दल बाहिरिए पनि शीर्ष दलका नेताहरु अझै छलफलमा रहेका छन् । गठबन्धन दलको बैठकअघि शनिबार अपरान्ह पनि गठबन्धनमा सहभागी शीर्ष तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको छुट्टै बैठक बसेको थियो ।  यसअघि बिहान बसेको गठबन्धनको बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्न नसकिने निष्कर्ष निकालेको थियो । योसँगै राष्ट्रिय सभामा रिक्त रहेका सिटहरू गठबन्धन दलहरूबिच नै भागबन्डा गर्ने निर्णय भएको छ ।

कमेन्ट गर्नुहोस्