लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भैरहवामा पूर्वराजा शाहसँग राप्रपाका शीर्ष नेताको ‘लञ्च मिटिङ’

tillotmacitynews - 2024 Jan 03 07:55 PM
IMG

तिलोत्तमा सिटी,२०८० पुष १८ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का शीर्ष नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सामूहिक भेटेका छन् । रुपन्देहीमा रहेका पूर्वराजा शाहलाई राप्रपाका शीर्ष नेताले भेटवार्ता गरेको तस्बिरसहित नेता रविन्द्र मिश्रले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । पूर्वराजा शाहसँगको तस्बिरमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहित नेताहरु रविन्द्र मिश्र, बुद्धिमान तामाङ, धवल शमशेर राणा, दिपकबहादुर सिंह देखिन्छन् । नेताहरुसँगको भेटका क्रममा पूर्वराजा शाहले आफू ऐतिहासिक संसंस्थाको प्रतिनिधित्व गरिरहेको र सबैलाई एकताको सुत्रमा बाध्ने काम गरेको बताएका छन् । 


‘हामी सबैले धेरै देख्यौ/बुझ्यौँ । म ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्छु । मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो । सबै नेपाली मेरो लागि बराबर छन्’, भैरहवामा भएको सामूहिक भेटका क्रममा भएको शाहको भनाइ उधृत गर्दै नेता मिश्रले भनेका छन् ।  भेटमा सहभागी नेता तामाङले पूर्वराजा शाहसँग आफूहरुले लञ्च मिटिङसहित भेटवार्ता गरेको भन्दै यो नियमित भेटवार्ता भएको जनाएका छन् ।

कमेन्ट गर्नुहोस्