लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘ग्याङफाइट’ मा संलग्न रहेको अभियोगमा चारजना विद्यार्थी पक्राउ

tillotmacitynews - 2024 Jan 02 03:50 PM
IMG

तिलोत्तमा सिटी,२०८० पुष १७ गते । झापाको बिर्तामोडमा धारिलो हतियारसहित चार जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले बिर्तामोड भद्रपुरोडस्थित बस स्टेण्डबाट मङ्गलबार बिहान चार जना युवालाई खुकुरीसहित नियन्त्रणमा लिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बसस्टेण्डमा दुई समूहबिच ‘ग्याङफाइट’ सुरु भएको सूचनाका आधारमा प्रहरीले  चार जना विद्यार्थीलाई घरेलु हातहतियारसहित नियन्त्रणमा लिएको हो । बिर्तामोड वडा नंं. ५ स्थित देवी माविछेउबाट सुरु भएको झगडा र कुटपिट भद्रपुर बसस्टेण्डसम्म पुगेको जनाइएको छ । क्याम्पसको पोसाकमा रहेका आठ जनाको समूहबिच झगडा भएको थियो ।


दुई युवाहरूबिच गाडिभित्र झगडा भएको र समयमा नै प्रहरी पुगेकाले कुनै ठुलो घटना हुन नपाएको प्रहरी भनाइ छ । पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्