लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

निषेधित क्षेत्रमा धोती दिवस मनाउँदा सीके राउतसहित कार्यकर्ता पक्राउ

tillotmacitynews - 2024 Jan 01 01:06 PM
IMG

तिलोत्तमा सिटी,२०८० पुष १६ गते ।  निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउतसहित एक दर्जनभन्दा बढी कार्यकर्ता माइतीघरबाट पक्राउ परेका छन् ।उनीहरू धोती दिवस मनाउने क्रममा बबरमहलस्थित कला परिषद्मा जम्मा भएर निषेधित क्षेत्र माइतीघरतर्फ अघि बढेका थिए । सोही क्रममा प्रहरीले माइतीघर क्षेत्र निषेधित क्षेत्र भएको बताउँदै अगाडि नबढ्न चेतावनी दिएको थियो । चेतावनी दिँदा पनि नमानेपछि प्रहरीले उनीहरूलाई धरपकड गरेको हो । प्रहरीले राउत सहितका कार्यकर्ताहरूलाई प्रहरी भ्यानमा हालेर लगेको छ ।

कमेन्ट गर्नुहोस्