
तिलोत्तमा पुष १४। हाल बुटवलका डि.एस.पी बिजयराज पण्डितले जनताको शान्ति सुरक्षाका निम्ती हरदिन हररात प्रयासरत बहेरा काम गर्ने बताउनुभएको छ।केहिदिन अघि मात्र बुटवल सरुवा भएर आएका पण्डितले जनताको समस्यामा हरेक समय सेवाका लागि तयार भएको समेत बताउनुभयो। बुटवलमा पत्रकारहरुसित परिचयात्मक भेटघाट गर्दै डी.एस.पी. पण्डितले अबैध ओसारपसार, चोरी डकैती, गुण्डागर्दी, मालसामान ओसारपसार, लागु औषध , र अन्य हिंसाजन्य अपराध हुन नदिन नयाँ तरिकाले संयन्त्र परिचालन गरिने समेत बताउनुभयो।
जनता बिनाबर्दिका प्रहरी भएकाले जनतासंग मिलेर समस्याको समाधान गर्न आफुहरु कम्मर कसेर अघि बढ्ने समेत उहाँको भनाई थियो। बुटवल एक व्यापारिक धार्मिक पर्यटकिय नगरी भएकाले यस क्षेत्रको सुशासनका लागि प्रहरी सदैव अघि रहेको पण्डितले बताउनुभयो। पछिल्लो समय चोरीचकारीका घटना मौलाउदै गएको प्रति दु:ख व्यक्त गर्दै निकट छोटो समयमै परिणाम देखिने गरि काम गर्ने उहाँको भनाई छ।
पत्रकारहरुको जिज्ञासा समेत मेटाउदै पण्डितले सहि सुचना, तथ्य सुचना र समयमै सुचना दिएर जनतालाई समेत सुसुचित गर्ने र घटनाको अनुसन्धानलाई प्रभाव नपर्ने गरी जनतासम्म पुर्याउन पत्रकारहरुसंग समन्वय गर्ने समेत बताउनुभयो। करिव १ घन्टाको बसाईंमा डी.एस.पी.पण्डितले प्रहरीले जनताकै सुचनाका आधारमा घटना हुन नदिन र घटना भैसकेको भए दोहोरिन नदिन र कानुनी बाटो अपनाउन सबैको सहयोग अपरिहार्य रहेको बताउनुभएको छ। डी.एस.पी.पण्डित भर्खर चितवनबाट बुटवल सरुवा भएर आउनुभएको हो।
कमेन्ट गर्नुहोस्