लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रदेश उद्योगमन्त्री सरोज थापा (रोज राणा)ले भने अब भाषण गर्ने दिन गए

IMG

तिलोत्तमा पुष १४। नेपाली मौलिक कला, संस्कृति तथा खानपानका परिकार हाम्रो शान, आन्तरिक पर्यटन प्रवद्घर्न, विकास र रोजगारीको सृजना हाम्रो अभियान नारासहित बुटवलमा पाँचौ सडक खाना महोत्सव २०८० शुरु भएको छ ।एक समारोहका बिच प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले शनिबार उद्घाटन गर्दै खाना महोत्सवको ईतिहास धेरै पुरानो भएको बताए । मानव विकासको क्रमसंगै करीब १० हजार वर्षअघि ग्रिसबाट शुरु भएको ईतिहास रहेको उनले बताए ।


सो कार्यक्रममा प्रदेश उद्योगमन्त्री रोज राणाले भाषण गर्ने कार्यक्रम सही नभएको बताए । २४ घण्टा ब्यवसाय गर्न देखिने समस्याबारेमा टेबलमा बसेर छलफल गर्न तयार रहेको उनले बताए । टेबलमा बसेर नीति निर्माणमा अघि बढ्नुपर्ने सुझाव दिदै नेताको भाषणबाट जनताहरु रुष्ट भैसकेको उनले बताए । एक औपचारिक कार्यक्रममा बोल्दै उनले हरेक बिषय जस्तै उद्योगमा भएका समस्याका बिषयमा भएका कमि कमजोरीलाई एक एक गर्दै समाधान गर्ने समेत बताए। अब भाषण नभई काम गर्ने समय भएको उनले बताए । आफू आश्वासन बाँड्ने नभई काम गर्न तयार रहेको उनले बताए । देशमा भित्रिने पर्यटनलाई प्रशासनबाट सडक सडकमा दिईने हैरानी रोक्न आजको आवश्यकता भएको उनले बताए ।




कमेन्ट गर्नुहोस्