
तिलोत्तमा पुष १४।उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल गरि करेन्ट चाउचाउ उत्पादन र बिक्री वितरण नगर्न आदेश दिएको छ। यशोदा फुड्सद्वारा उत्पादीत करेन्ट चाउचाउले वाईवाई चाउचाउको ट्रेडमार्क नक्कलगरि बजारीकरण गरेको भन्दै वाईवाई उत्पादक सीजी फुड्सले उच्च अदालत पाटनमा मुद्दा हालेको थियो । पहिलाको जस्तो क्वालिटी र क्वाण्टिटिमा कमजोर बनाएका दुवै चाउचाउले पछिल्लो समय अदालतको आदेश कुर्नुपर्ने बाध्यतामा पुगेका छन्। बुटवल आदर्शनगर निवासी रुपा गौतम ( खाजा होटल संचालक ) का अनुसार पहिलाको जस्तो चाउचाउको गुणस्तर र क्वाण्टिटिमा कमजोर भएकोले चाउचाउ अहिले ग्राहकको रोजाइमा खासै नपर्ने बताएकी छिन। ग्राहकले कुन चाउचाउ भनेर खोल नहेर्ने भएपनि खाँदा पहिलाको जस्तो मिठो स्वाद नभएको बताउछन उनले भंनिंन।
उच्च अदालतले पुस ११ गते यशोदा फुड्सलाई यस्तो कार्य नगर्न अन्तरकालिन आदेश जारी गरेको हो । वाईवाईले नेपाल र अन्तर्राष्ट्रिय जगतमा आर्जन गरेको ख्यातीलाई दुरूपयोग गर्न र उपभोक्तालाई झुक्याउने नियतले यशोदा फुड्सले वाईवाईको ट्रेडमार्क नक्कल गरेको सीजी फ्ड्सको दावी रहेको छ ।यशोदा फुड्सले वाईवाईको नक्कल गरि उक्त नक्कललाई आफ्नो ट्रेडमार्कका रुपमा दर्ता गर्न समेत कोशिस गरेको थियो । अदालतले यशोदा फुड्सको उक्त आवेदन नं. ०९८२२२ को दर्ता प्रकृयालाई समेत रोक्न उद्योग विभागलाई आदेश दिएको छ ।
कमेन्ट गर्नुहोस्