लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

समिक्षाको गीतमा रेखा, बेनिशा र पूजाको छमछमी

IMG

तिलोत्तमा, पुष १२ गते। समीक्षा अधिकारी र महेन्द्र बिकेको स्वरमा फिल्म ‘उपहार’को नयाँ गीत ‘मुटुको चार आना’ युट्युबमा सार्वजनिक भएको छ । गीतमा मुक्त दासको शब्द र अर्जुन पोखरेलको संगीत छ ।डान्सिङ नम्बर रुचाउने दर्शकको रोजाइमा यो गीत पर्नसक्छ । गीतमा रेखा थापा, बेनिशा हमाल र पूजा शर्मा फिचर्ड छन्। निर्मल शर्मा, किरण केसी, राजाराम पौडेल, शिशिर राणा, कुमार विनोद पौडेल, रामचन्द्र अधिकारी पनि गीतमा प्रस्तुत छन् ।



गीतमा कविराज गहतराजको नृत्य निर्देशन छ ।तीन अभिनेत्रीलाई एउटै फ्रेममा देख्न पाउँदा पक्कै पनि दर्शक उत्साहित हुन सक्छन् । ज्ञानेन्द्र देउजा निर्देशित यो फिल्ममा हास्यदेखि रोदनसम्मका संवेदनाको मिश्रण रहेको बताइन्छ ।फिल्ममा मुकुन भुसाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन र आशा भुसालको पनि अभिनय छ । फिल्मलाई रेखा फिल्म्स र कपनगढी फिल्म्सको ब्यानरमा निर्माण गरिएको हो । फिल्मको अन्य गीतमा बाबुल गिरीले संगीत दिएका छन् ।




कमेन्ट गर्नुहोस्