लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुधबारदेखि बुटवलको १३ औं नगरसभा

IMG

तिलोत्तमा सिटी,२०८० पुष १० गते ।  ठूलो समस्या र चुनौतिका रुपमा रहेको छाडा चौपाया व्यवस्थापनका लागि बुटवल उपमहानगरले १३ औं नगरसभामा विधेयक पेश गर्ने भएको छ । बुधबारदेखि सुरु हुने नगरसभामा छाडा चौपाय व्यवस्थापनका लागि नयाँ कानून निर्माण तथा ऐन संसोधनका लागि छलफलमा लगिने भएको हो । बुटवलका सडक तथा बजारमा छाडा चौपायाका कारण दुर्घटनाको जोखिम बढीरहेको भनि आलोचना हुँदै आएको छ । यसअघि छाडाचौपाया व्यवस्थापनका लागि बुटवलको शिवनगर जँगलमा स्थापना गरिएको गौशाला अलपत्र अवस्थामा रहेको छ । नयाँ कानून निर्माण गरी यसको व्यवस्थापनमा लाग्ने उपमहानगरले दाबी गर्दै आएको छ ।


बुधबार दिउँसो २ बजे बस्ने सभामा जलश्रोतसम्बन्धि विधेयक पेश तथा ऐन संशोधन गर्ने कार्यसूची रहेको छ। मंगलबार कार्यपालिका बैठकले नगरसभाका ऐजेण्डा तय गरेको थियो । अर्धवार्षिक समीक्षा, आगामी कार्ययोजनालगायतका विषय सभामा पेश गर्ने नगर प्रमुख खेलराज पाण्डेयले बताए। उनका अनुसार सभाले चालू आर्थिक वर्षको समीक्षा र आगामी आर्थिक वर्षका योजनाबारे सभा सदस्यहरूबीच छलफल गरिनेछ।

कमेन्ट गर्नुहोस्